हङकङस्थित नेपाली रेस्टुरेन्टमा आगलागी : मृत्यु हुनेको संख्या ११

जनपत्र
२ मंसिर २०७७, मंगलवार ०७:४३

हङकङस्थित नेपाली रेस्टुरेन्टमा आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । हङकङको कार्मालोन क्षेत्रमा नेपालीले सञ्चालन गरेको जिरे खुर्सानी नामक रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो ।

मृत्यु हुनेमध्ये ७ जना नेपालीको भने सनाखत भइसकेको छ। आगलागीमा परी मृत्यु हुनेमा ३८ बर्षीय युवराज कँडेल, १३ बर्षीय कृतिका कँडेल, ३५ बर्षीय राजबाबु नेपाल, ९ बर्षीय रियान नेपाल र ३९ बर्षीय शेरबहादुर गुरुङ छन। यसैगरी, ३२ बर्षीया अनिता निरौला र ४० बर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ ।जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*