जम्मु काश्मिरमा भिडन्त हुँदा ४ सैनिक र ३ चरमपन्थीको मृत्यु
भारतको जम्मु-कस्मिरको लाइन अफ कन्ट्रोल९एलओसी०मा भारतीय सैनिकका अधिकृतसहित चार जना मारिएका छन् ।
आइतबार कुपवारा जिल्लामा भएको आतंवादीविरूद्धको अपरेशनमा गोलीबारी हुँदा चार जना सैनिक मारिएका हुन्। त्यस्तै तीन आतंकवादी ९चरमपन्थी०समेत मारिएको बिबिसी हिन्दीले जनाएको छ।
गोलीबारी आइतबार बिहान १ बजे सुरू भएको थियो। पेट्रोलिङमा खटिएका बोर्डर सेक्युरिटी फोर्स ९बिएसएफ०का सैनिकहरूले एलओसीमा चहलपहल भएको चाल पाए। बिएसएफले उनीहरू आतंकवादी भएको पत्ता लगाएपछि गोलीबारी सुरू भएको थियो।







