४५ प्रतिशत घट्यो साउदी अराम्कोको खुद मुनाफा
साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोको खुद मुनाफा घटेको छ । कोरोना भाइरसको महामारीबीच तेलको माग र मूल्य घटेसँगै मुनाफा प्रभावित भएको हो । गतवर्षको सोही अवधिको तुलनामा सन् २०२० को तेस्रो त्रैमासमा मुनाफा ४४ दशमलव ६ प्रतिशतले घटेको कम्पनीले बताएको छ । सन् २०१९ को जुलाई अक्टोबर त्रैमासमा ७९ अर्ब ८४ करोड रियाल रहेको मुनाफा गत त्रैमासमा घटेर ४४ अर्ब २१ रियालमा झरेको छ । दोस्रो त्रैमासमा पनि कम्पनीको खुद मुनाफा २४ दशमलव ७५ प्रतिशतले घटेको थियो । एजेन्सी