अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सङ्क्रमण विज्ञ फाउचीलाई निस्काशन गर्ने चेतावनी

जनपत्र
१८ कार्तिक २०७७, मंगलवार ०६:३१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा।एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् । सङ्क्रमण रोग न्युनिकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा रहेका फाउचीलाई उनले हटाउने चेतावनी दिएका हुन् ।

अमेरिका व्यापक सङ्क्रामक रोग कोरोनाभाइरसबाट अत्यन्त आक्रान्त बनेको बेला नै राष्ट्रपति ट्रम्पले हटाउने चेतावनी दिएको समाचारमा जनाइएको छ । गत वसन्त ऋतुदेखि नै फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न राष्ट्रपति ट्रम्प असफल भएको र त्यसमा डा। फाउचीको कुरालाई उनले बेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

डा।फाउचीले अमेरिकामा सङ्क्रमण फैलिन नदिन वा सचेतना गर्न र व्यवस्थापन गर्न आफ्नो तर्फबाट सक्दो प्रयासहरु गर्दै आएका भन्दै कतिपयले उनको प्रशंसा गर्ने गरेका छन् । कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म कम्तीमा दुई लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

फ्लोरिडामा आयोजना गरिएको चुनावी कार्यक्रममा सम्वोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले डा।फाउचीप्रति असन्तुष्टि व्यक्त गर्दै सङ्क्रमण र त्रास फैलिनुमा डा।फाउची पनि दोषी रहेको आरोप लगाएका छन् । चुनावी कार्यक्रममा आफ्ना समर्थकहरुले डा।फाउचीलाई निस्कासन गर्नुपर्ने माग उठाउँदै नारा लगाएपछि राष्ट्रपति ट्रम्पले उनलाई निस्कासन गर्ने चेतावनी दिएका हुन् ।

“यस बारेमा मलाई अरु केही भन्नु पर्दैन, केवल निर्वाचनसम्म पर्खिनुस्, निर्वाचन सकिएपछि मैले तपाईहरुको सुझावलाई कार्यान्वयन गर्नेछु,” उनले आफ्ना हजारौँ समर्थकहरुलाई जवाफ फर्काउँदै भने । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*