विश्‍वकै धेरै जनसंख्या भएको चीनमा जनगणना सुरु, ७० लाख कर्मचारी खटिए

जनपत्र
१७ कार्तिक २०७७, सोमबार ०६:१८

चीन सरकारले आइतबार जनगणना सुरु गरेको छ । विश्वकै ठूलो जनसंख्या भएको मुलुक चीनका ७० लाख जति सरकारी कर्मचारीहरु जनगणनाका लागि नागरिकका ढोका–ढोकामा पुगेका छन् । जनसांख्यिकी परिवर्तन बुझ्न चीनले हरेक १० वर्षमा जनगणना गर्ने गरेको छ । अघिल्लो गणना अनुसार चीनमा झण्डै डेढ अर्ब जनसंख्या छ ।

जनसंख्याको आकार, संरचना र वितरणबारे बुझ्नका लागि बेला–बेला जनगणना गर्नु आवस्यक रहेको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगका प्रमुख आयुक्त निङ जिझेले बताएका छन् । यस सर्वेक्षणमा चिनियाँ नागरिकको नाम, परिचयपत्र नम्बर, लिंग, वैवाहिक स्थिति, शिक्षा र पेशा जस्ता तथ्यांक संकलन गरिन्छ । १९९० को दशकदेखि नै चीन सरकारले राष्ट्रिय जनगणना नियमित रुपमा हरेक १० वर्षमा गर्दैआएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*