इजरायलले पनि शुरू गर्‍यो कोरोना विरुद्धको खोपको परीक्षण

जनपत्र
१७ कार्तिक २०७७, सोमबार ०५:५१

इजरायलले आइतवार कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षण शुरू गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ संक्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । महामारीको शुरूमै त्यहाँका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूले इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च ९आईआईबीआर०लाई कोभिड–१९ भाइरस विरुद्धको खोप विकास गर्न निर्देशन दिएका थिए । खोपको शुरुआत शेबा मेडिकल सेन्टर र जेरूसेलमको हद्दास मेडिकल सेन्टरमा कार्यरत दुई स्वयंसेवकहरूलाई दिएर आइतवार गरिएको हो ।

इजरायलले पहिलो चरण ८० जनामा खोपको परीक्षण गर्नेछ भने दोस्रो चरणमा ९८० जनामा परीक्षण गर्नेछ र अन्तिम चरणमा अप्रिल वा मेसम्ममा तेस्रो अर्थात् अन्तिम परीक्षण २५ हजार व्यक्तिमा गर्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का अनुसार इजरायली परीक्षण विश्वव्यापी रूपमा परीक्षण भइरहेका अग्रणी ४० खोपहरूमध्ये एक हो ।
इजरायलमा अहिलेसम्म कुल ३ लाख १४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने २ हजार ५४१ व्यक्तिको मृत्यु भएको छ । इजरायलले आइतवारदेखि प्राथमिक तहमा पढ्ने विद्यार्थीका लागि आफ्नो पढाइका लागि विद्यालय जान अनुमति प्रदान गरेको छ । रासस/एएफपी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*