अदालतमा नयाँ प्रयोग : गुजरात उच्चले थाल्यो मुद्दा सुनुवाइकाे प्रत्यक्ष प्रसारण
कोरोना महामारीका कारण भारतका अदालतले भिडियो कन्फ्रेसमार्फत् न्यायिक कारबाही जारी राखेका छन्। भारत अहिले विश्वका धेरै कोरोना संक्रमित भएका देशको दोस्रो नम्बरमा छ तै पनि न्यायिक प्रक्रिया जारी नै छ।
महामारीका बीच भारतको गुजरात उच्च अदालतले प्रविधिको फरक तरिकाले प्रयोग पनि गरेको छ। गुजरात उच्च अदालतले उच्च महत्वका मुद्दामा हुने बहसको प्रत्यक्ष प्रसारण थालेको छ। न्यायाधीशहरु सञ्जीव बनर्जी र कौशिक चन्दाको ईजलासले पारसी समुदायकी एक महिलाको निवेदनमा सुनुवाइ गर्दै प्रत्यक्ष प्रसारण गरेको हो।
हाल परीक्षणकै क्रममा रहेको भए पनि उच्च अदालतले मुद्दाको सुनुवाइ पहिलो सुरु गर्ने हिम्मत गरेको हो। भारतमा अदालत परम्परागत रूपमा नै रहेका बेला अदालतको यो प्रयोग नयाँ बनेको छ। भारतका अधिकांश अदालतजस्तै नेपालका अदालतमा हुने बहस र इजलासको फोटो खिच्न र भिडियो रेकर्ड गर्न मनाही गरिन्छ। तर भारतीय उच्च अदालतको यो प्रयोगले नेपालका अदालतलाई पनि प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ।







