भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख गाेयल काठमाण्डाैमा
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समन्तकुमार गोयल बुधबार काठमाण्डौ आउनुभएको छ ।
‘रअ’ का प्रमुख गोयल बुधबार दिउँसो विशेष विमानमार्फत काठमाण्डौ ओर्लिनुभएको हो । उहाँले केही घण्टा यहाँ रहँदा राजनीतिक भेटघाट गर्ने जनाइए पनि कुन–कुन नेतासँग भेट गर्ने भन्नेबारेमा खुलाइएको छैन ।
भारतका सेनाध्यक्ष एमएम नरभाने नेपाल भ्रमणमा आउनुअघि जासुसी संस्थाका प्रमुख नेपाल आउनुलाई निकै महत्त्वका साथ हेरिएको छ । ‘रअ’ का प्रमुख गोयल बुधबार बेलुकी नै फर्किने बताइएको छ ।







