चीन र ताइवानका कूटनीतिज्ञबीच कुटाकुट

जनपत्र
५ कार्तिक २०७७, बुधबार ०६:११

चीन र ताइवानका कूटनीतिज्ञबीच फिजीको राजधानीमा कुटाकुट भएको छ। गत अक्टुबर ८ तारिखका दिन फिजीको राजधानीमा भएको एक कार्यक्रममा कूटनीतिज्ञहरुबीच कुटाकुट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फिजीस्थित ताइवानी व्यापारिक कार्यालयले स्वतन्त्रता दिवस मनाउँदै गरेको कार्यक्रममा दुई जना चिनियाँ कुटनीतिज्ञ प्रवेश गरेर अनाधिकृत कार्य गरेको विषयमा कुटाकुट भएको जनाइएको छ । सो कार्यक्रममा दुईजना चिनियाँ कूटनीतिज्ञ पनि प्रवेश गरेर अनाधिकृत रुपमा कार्यक्रमको तस्वीर लिएको र त्यहाँका अतिथिबारे जानकारी दिएको ताइवानले आरोप लगाएको छ ।

तर, चीनले भने आफ्ना अधिकारीहरु एक सार्वजनिक स्थानमा रहेको बेला आक्रमण भएको बताएको छ। चीनले अनाधिकृत राष्ट्रिय झण्डा, केक बनाइएकोसमेत दाबी गरेको छ । ताइवानले पनि आफ्ना कूटनीतिज्ञ घाइते भएको र अस्पतालमा उपचार गराइएको जनाइएको छ। केहीसमय यता ताइवान र चीनबीच तनाव बढिरहेको छ। चीनले सैन्य हस्तक्षेप गरेर भए पनि ताइवानमाथि कब्जा गर्ने धम्की दिँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*