नयाँ अध्ययनको खुलासा : सुँगुरमा पाइने अर्को कोरोनाभाइरसले पनि मानिसलाई संक्रमण गर्न सक्ने
विशेषतः सुँगुरलाई संक्रमण गर्न सक्ने भनी केही समयअघि मात्रै थाहा लागेको स्वाइन कोरोनोभाइरसले मानिसको कोषमा आफूलाई पुनरुत्पादन ९चभउष्अिबतचभ० गर्न सक्ने तथ्य पत्ता लागेको छ । हालसालै प्रकाशित एक नयाँ अध्ययन रिपोर्टले सुँगुर व्यवसायमा देखिएको कोरोनाभाइरसको नयाँ प्रजातिले सुँगुरलाई मात्र हैन, मानिसलाई पनि संक्रमित गर्न सक्ने सम्भावना रहेको तथ्य पत्ता लागेको छ । कोरोनाभाइरसको उक्त प्रजातिलाई स्वाइन एक्युट डाइरिया सिन्ड्रोम कोरोनाभाइरस ९क्धष्लभ ब्अगतभ म्ष्बचचजभब क्थलमचयmभ ऋयचयलबखष्चगक० भनिन्छ । यसलाई छोटकरीमा (betacoronavirus SARS-CoV-2) पनि भनिन्छ ।
यो प्रजातिको भाइरस पनि चमेराबाटै उत्पत्ति भएको र त्यसले चीनमा सन् २०१६ सालदेखि नै सुँगुरको बथानलाई संक्रमित गर्दै आएको विश्वास गरिएको छ । यसरी सुँगुरबाट मानिसमा पनि सर्न सक्ने सम्भावना बोकेको सो कोरोनाभाइरसको महामारी फैलियो भने त्यसले संसारभरिका सुँगुर व्यवसायमा निर्भर अर्थतन्त्रलाई बिथोल्न सक्ने सम्भावना अध्ययनकर्ताहरुले औंल्याएका छन् ।
यो भाइरसले मानिसमा निम्त्याउन सक्ने सम्भावित खतराको नमूना प्रदर्शन प्रयोगशाला परीक्षणमा गरिएको थियो । त्यसमा स्याड्स–कोभ अत्यन्तै प्रभावी रुपमा मानिसको श्वासनली र आन्द्राका कोषहरुमा पुनरुत्पादन भएको देखिएको थियो । कोरोनाभाइरसको यो प्रजाति पनि अहिले संसारभरि आतंक मच्चाइरहेको बेटाकोरानाभाइरस सार्स–कोभ–२ ९दभतबअयचयलबखष्चगक क्ब्च्क्(ऋयख्(द्द० परिवारअन्र्तगत नै पर्ने अनुसन्धानकर्ताहरुले औंल्याएका छन् ।
स्याड्स–कोभ त्यस्तो अल्फाकोरोनाभाइरस हो, जसले सुँगुरमा ग्यास्ट्रोइन्टेस्टाइनल विरामी गराउने गर्छ । यो भाइरसको संक्रमण भएपछि तीब्र रुपमा पखाला तथा वान्ता लाग्ने गर्छ । यो भाइरसको संक्रमण विशेषतः युवा सुँगुरहरुको लागि प्राणघातक हुने गरेको छ ।
यस भाइरसबारे वैज्ञानिकहरु अत्यन्तै चिन्तित बनेको एउटा पक्ष भनेको यो भाइरसले एक प्रजातिबाट अर्को प्रजातिमा फैलिन सक्ने यसको क्षमता र सम्भावना हो । स्याड्स–कोभले अहिलेको मितिसम्म मानिसलाई संक्रमित गरेको कुरा त पत्ता लागेको छैन । तर अध्ययनको क्रममा अनुसन्धानकर्ताहरुले विभिन्न किसिमका कोषहरुलाई त्यस भाइरसको सिन्थेटिक रुपबाट संक्रमित तुल्याएर परीक्षण गरेका थिए । उनीहरुले यसरी परीक्षण गर्नुको कारण चाहिँ दुई भिन्न प्रजातिको बीचमा संक्रमण हुँदा पैदा हुने खतरालाई पहिचान गर्नु नै थियो । सो अध्ययनबाट प्राप्त प्रमाणहरुले स्तनधारी प्राणीका थुप्रै कोषहरुलाई सो भाइरसले संक्रमण गर्न सक्ने सम्भावना रहेको पाइयो । त्यस अध्ययनमा स्याड्स–कोभले मानिसको आन्द्रामा रहेका कोषहरुलाई उच्च दरमा संक्रमित गर्न सक्ने देखिएको थियो । त्यसो त एउटा प्रजातिबाट अर्को प्रजातिमा भाइरस सर्नबाट रोक्ने समुदाय प्रतिरोध ९अचयकक(उचयतभअतष्खभ जभचम ष्mmगलष्तथ० ले मानिसलाई जनावरहरुमा पाइने थुप्रै कोरोनाभाइरसको संक्रमणबाट बचाउने गर्छ । तर उक्त अध्ययनको नतिजाले मानिसमा सुँगुरलाई संक्रमित गर्ने उक्त स्याड्स–कोभका विरुद्धमा प्रतिरोध पैदा भइनसकेको देखाउँछ ।
उक्त स्याड्स–कोभ पनि चमेरामा हुने एचकेयु२ ९ज्प्ग्द्द० नामका कोरोनाभाइरसबाटै आएको हो । यो एचकेयु२ भनेको विभिन्न किसिमका भाइरसहरुको समूह हो, जुन संसारभरि नै छरिएर रहेका छन् । यो भाइरस कहिले सतहमा आउँछ र मानव जनसंख्यालाई संक्रमित तुल्याउँछ भन्ने कुराको भविष्यवाणी गर्न असम्भव नै छ ।
अनुसन्धानकर्ताहरुले यो संक्रमण विरुद्धको सम्भाव्य उपचारको रुपमा रेम्डेसिभिरलाई परीक्षण गरेर हेरेका थिए । अध्ययनको प्रारम्भिक नतिजाले उक्त भाइरसको विरुद्धमा रेम्डेसिभिरको प्रयोगमा सकारात्मक नतिजा देखिएको थियो । अनुसन्धानकर्ताहरुले सुँगुरहरु र त्यस क्षेत्रमा काम गर्ने मानिसहरुलाई उक्त स्याड्स–कोभको संक्रमणका सन्दर्भमा निरन्तर रुपमा निगरानी गरिरहनुपर्ने आवश्यकता औंल्याएका छन् । रातोपाटीबाट साभार







