फ्रान्समा विद्यार्थीलाई पैगम्बर मोहम्मदको कार्टुन देखाउने शिक्षकको हत्या

जनपत्र
१ कार्तिक २०७७, शनिबार ०६:३०

फ्रान्समा फेरि आतंकवादी हमला भएको आशंका गरिएको छ। विद्यार्थीलाई पैगम्बर मोहम्मदको कार्टुन देखाउने एक शिक्षकको शुक्रबार राजधानी पेरिसमा टाउको काटी हत्या गरिएको छ। ती शिक्षकले आफ्ना विद्यार्थीलाई फ्रान्सको चर्चित व्यङ्ग्य पत्रिका चार्ली हेब्दोमा छापिएको पैगम्बर मोहम्मदको कार्टुन देखाएको बताइएको छ। उनीमाथि स्थानीय समय अनुसार साँझ ५ बजे आक्रमण भएको थियो।

आफैँले पढाउने विद्यालय नजिकै उनको हत्या गरिएको हो। प्रहरीले आक्रमणकारीको गोली हानी हत्या गरेको छ। उनलाई गिरफ्तार गर्ने प्रयास गरे पनि सफल नभएपछि प्रहरीले गोली हानेको थियो। आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन।घटनालगत्तै उक्त स्थान पुगेका राष्ट्रपति इमानुएल माक्रोनले यो ‘इस्लामिक आतंकवादी हमला’ भएको बताए। ती शिक्षकले ‘अभिव्यक्ति स्वतन्त्रता’ पढाएकै कारण हत्या गरिएको माक्रोनले दाबी गरे।

यो घटनाको आतंकवाद विरोधी समूहका वकिलले अनुसन्धान गरिरहेका छन्। उनीहरुले यसलाई सन् २०१५ मा चार्ली हेब्डो पत्रिकामा आक्रमण गरेर पत्रकारसहित ११ जनाको हत्या गरेको घटनासँग जोडेर अनुसन्धान थालेको जनाइएको छ। तीन साताअघि पनि उक्त पत्रिकाको तत्कालीन कार्यालयअघि दुई जना संचारकर्मीमाथि आक्रमण भएको थियो। अहिले चार्ली हेब्डोको कार्यालय गोप्य ठाउँमा राखिएको छ।

-बीबीसीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*