कोरोना खोपको दोश्रो संस्करण उपलब्ध भएपछि मात्र स्थिति सामान्य हुन्छ : बिल गेट्स
माइक्रोसफ्टका सह९संस्थापक बिल गेट्सले कोरोना भाइरस महामारीको चपेटामा आएपछि विश्व अब सामान्य स्थितिमा कसरी आउछ भन्ने विषयमा आफ्नो विचार व्यक्त गरेका छन् । बिल गेट्स भन्छन्, ुजीवन सामान्य स्थितिमा आउनको लागि कोरोनाको दोश्रो संस्करणको खोप बजारमा उपलब्ध हुनुपर्छ ।
बिल गेट्सको अनुसार सामान्य स्थिति तब कायम हुनेछ जब मानिससंग पहिलो संस्करणको मात्र नभएर दोश्रो संस्करणको निकै प्रभावशाली खोप हुनेछ । बिल गेट्सले खोपको दोश्रो पिंढी पर्याप्त मात्रामा हुनुपर्ने बताएका छन् । उनले भने, ुकोरोनाले गर्दा उत्पन्न भएको समस्याहरु तब मात्र समाधान हुनेछ ।
बिल गेट्सको बयान यस्तो समयमा आएको छ, जब विश्वको सयौं ठुला कम्पनीहरु कोरोना खोप विकसित गर्न दिनरात मिहेनत गरिरहेका छन् । कोरोना भाइरसको विरुद्धमा बनिरहेको खोपको दौडमा एस्ट्राजेनेका कम्पनीको परिक्षणमा रहेको खोप अहिले सम्मको सबै भन्दा प्रभावकारी खोप मानिएको छ ।
एस्ट्राजेनेका, अक्सफोर्ड विश्वविद्यालयको साझेदारीमा कोरोना खोप बनाईरहेको छ । यस बाहेक फाइजर पनि कोरोना खोप विकसित गर्ने दौडमा रहेको छ । कम्पनीको अनुसार, अमेरिकाको एफडीएबाट अनुमित प्राप्त भइसकेको छ र कम्पनीले विश्वव्यापीरुपमा कोरोना खोपको परिक्षणको लागि १२ देखि १५ वर्षको बालबालिका सहभागी गराउने बताएको छ ।
फाइजरले आफ्नो अनुसन्धानमा पहिला ३० हजार स्वयंसेवक सभागी गराएको थियो तर सेप्टेम्बरमा यसको संख्या बढाएर ४४ हजार पुगेको थियो । पछिल्लो महिना बिल गेट्सले खोपको सुरक्षा कहिले सम्म मिल्दछ भन्ने कुराको अनुमान लगाउन नसकिने बताएका थिए ।
बिल गेट्सले भने, ुहामीसँग यस भाइरसको विरुद्ध एन्टीबडी र टी९सेल्स प्रतिक्रियाको अवधिको लागि पर्याप्त डाटा छैन । आउँदो केही महिनामा प्रायजसो खोप कम्पनी आफ्नो खोप प्रभावकारी रहेको कुनै तथ्यांक पेश गर्न सक्दैनन् र यसपछि कठिन प्रश्नहरुको पनि उत्तर भेटिन सजिलो भएको छ ।ु
बिल गेट्स भन्छन्, ुयस समयमा हामी सबैसंग एक खुसीको खबर छ । विश्वमा कोरोना खोपको परिक्षण ठुलो संख्यामा भइरहेको छ र सबै खोप कम्पनीको प्रतिक्रिया भिन्न रहेको छ । यसले प्रभावकारी खोप बन्ने कुराको सम्भावना बढ्दै गएको छ ।ु
अक्टोबर छ तारिखमा बिल गेट्सले भनेका थिए कि यदि कोरोना खोपले काम गर्न शुरु भयो भने सन् २०२१ को अन्त्यसम्म प्रायजसो धनाढ्य राष्ट्रहरुको अवस्था सामान्य स्थितिमा आउन सक्छ ।







