चिनियाँ दूतावासबाहिर ताइवानको पोस्टर टाँगेपछि चीनले भारतलाई भन्यो : आगोसँग खेलबाड नगर्नू

जनपत्र
२५ आश्विन २०७७, आईतवार ०६:३१

ताइवानको राष्ट्रिय दिवसका अवसरमा भारतले नयाँ दिल्लीस्थित चिनियाँ दूतावासबाहिर शुभकाना पोस्टर टाँगेपछि चीनले कडा चेतानवी दिएको छ। चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित लेखअनुसार यस्ता घटनाले पहिलेदेखि तनावपूर्ण भारत(चीन सम्बधलाई अझ खराब बनाउने चेतावनी चीनका विज्ञले दिएका हुन्।

चिनियाँ विज्ञले भारतको सत्तारूढ दललाई आग्रह गरेका छन्, ‘यस किसिमको मूर्खतापूर्ण व्यवहार छाड र यसलाई यसरी बुझ्नु कि आफू आगोसँग खेलिरहेको छु।’ ताइवानले हरेक वर्ष अक्टोबर १० तारिखका दिन आफ्नो राष्ट्रिय दिवस मनाउँछ। शुभकामना पोस्टरमा बीजेपी ९भारतीय जनता पार्टी० दिल्लीका नेता तेजिन्दर पाल सिंह बग्गाको नाम लेखिएको छ। उनले आफ्नो ट्विटरमा समेत उक्त पोस्टर पोस्ट गरेका छन‍्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*