अरुणाचलमा भारतलाई अमेरिकी साथ

जनपत्र
२४ आश्विन २०७७, शनिबार ०६:२६

संयुक्त राज्य अमेरिकाले चिनियाँ क्षेत्रीय अतिक्रमणको विरोध गर्दै चिनियाँ नियन्त्रणमा रहेको अरुणाचल प्रदेश भारतीय क्षेत्र भएको बताएको छ । संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले बिहीबार वास्तविक नियन्त्रण रेखा ९एलएसी० मा रहेका सेना अथवा नागरिकमाथि आक्रमण गर्ने र भूमिमाथीको एकपक्षीय दावीको कडा विरोध गर्ने जनाएको छ ।

भारत-चीनबीचको सीमा तनावकाबीच अमेरिकी विदेश मन्त्रालयका अधिकारीले प्रेस ब्रिफिङका क्रममा भने, ूनिश्चित रूपमा सीमाका केही भागमा हाम्रो स्थिति स्पष्ट छ । करिब ६ दशकदेखि अमेरिकाले अरुणाचल प्रदेशलाई भारतीय क्षेत्रको मान्यता दिएको छ । हामी स्थापित एलएसीतर्फ सैन्य वा नागरिक आक्रमणबाट क्षेत्रीय दावीलाई अगाडि बढाउने कुनै एकपक्षीय प्रयासको कडा विरोध गर्दछौं ।ू

भारत-अमेरिका द्विपक्षीय सम्बन्धको बारेमा जानकारी गराउँदै अमेरिकी वरिष्ठ अधिकारीले भने, ूयस्तो अवस्थामा जब भारतले पर्याप्त सुरक्षा चुनौतीहरूको सामना गरिरहेको छ, हाम्रो रक्षा साझेदारीमा वृद्धि एकदमै महत्त्वपूर्ण छ । यस साझेदारीमा रक्षा विशेष गरी हाम्रो उन्‍नत अमेरिकी हतियारहरु सामेल छन् । हतियार प्रणाली, भारतको सुरक्षा र सार्वभौमिकताप्रति हाम्रो प्रतिबद्धता रहन्छ ।

ूगत वर्ष टाइगर ट्राइम्स अभ्यास र हिन्द महासागरमा युएसएस निमिट्ज क्यारियर स्ट्राइक ग्रुपसँग भारतीय नौसेनाको अभ्यासले देखाएझैं हाम्रो सैन्य सेवाहरू बीचको अन्तरक्रियात्मकता अभूतपूर्व तहमा पुगेको छ,’ती अधिकारीले भने ।ूदुवै देशको राष्ट्रिय शक्तिको वास्तवमा त्यस्तो कुनै आयाम छैन, जुन हामीसँग भएको द्विपक्षीय वार्तालापमार्फत वा त्यससँग सम्बन्धित बैठकहरूमार्फत सम्बोधन हुने छैन,’ वरिष्ठ अधिकारीले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*