इटालीमा पाँच महिनापछि एकैदिन सबैभन्दा बढी संक्रमित !

जनपत्र
२२ आश्विन २०७७, बिहीबार ०६:२५

इटालीमा पछिल्लो पाँच महिनापछि एकै दिन सबैभन्दा बढी संक्रमित भेटिएका छन् । इटालीको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा इटालीमा ३ हजार ६७८ संक्रमित भेटिएका हुन् । स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार अहिलेसम्म इटालीमा ३ लाख ३३ हजार ९४० जना संक्रमित भएका छन् ।

इटालीमा कोरोनाबाट अहिलेसम्म ३६ हाजर ६१ जनाको ज्यान गएको छ भने अहिलेसम्म २ लाख ३५ हजार ३०३ जना संक्रमण मुक्त भएका छन् । इटालीमा अहिले पनि ६२ हजार ५७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*