कोरोना भ्याक्सिन बनाएको रुसमा थपिँदै संक्रमित, हालसम्म कति पुगे ?

जनपत्र
२२ आश्विन २०७७, बिहीबार ०६:२०

कोरोनाभाइरस विरुद्धको भ्याक्सिन बनाएर विश्वकै ध्यान खिच्न सफल रसीयाले सो भ्याक्सिनको सर्वसाधारणमा लगाउन सुरु गरिसकेको बताइएपनि संक्रमितको संख्या भने बढ्ने क्रम जारी छ । बुधबार अबेरसम्म रुसमा संक्रमितको संख्या १२ लाख ४८ हजार नाघिसकेको छ ।

यस्तै रुसमा झण्डै २२ हजारले ज्यान गुमाएका छन् भने ९ लाख ९५ हजारको हाराहारीमा निको भएका छन् । हाल रुसमा २ लाख ३१ हजार बढी सक्रिय संक्रमित रहेका छन् भने हालसम्म रुसमा ४ करोड ८७ लाख जनसंख्याको कोरोना परीक्षण भइसकेके जनाइएको छ ।

अमेरिका, भारत र ब्राजिलपछि सबैभन्दा धेरै संक्रमित रसीयामै रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । हाल रसीयाले बनाएको खोपलाई विश्व स्वास्थ्य संगठनले भने आधिकारिकता दिइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*