ट्रम्पको स्ट्याटसमा फेसबुक र ट्वीटरको एक्शन !

जनपत्र
२१ आश्विन २०७७, बुधबार ०५:५१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा पोष्ट गरेको विवादस्पद स्ट्याटसलाई फेसबुकले हटाइदिएको छ ।मंगलबार राष्ट्रपति ट्रम्पले कोरोनाभन्दा अमेरिकामा हुने सिजनल फ्लू खतरनाक भएको भन्ने स्ट्याटस फेसबुकले ‘मिसलिड’ गर्ने सूचना भन्दै हटाइदिएको हो । फेसबुकका प्रवक्ता एन्डी स्टोनले फेसबुकले ट्रम्पले पोष्ट गरेको विषयले फेसबुकको कोभिड-१९ को मिसइन्फर्मेसन सम्बन्धि नीति उलंघन गरेको बताउदै हटाएको जानकारी दिएका छन् ।

आफै कोरोना संक्रमण भएर ठिक हुनेक्रममा रहेका राष्ट्रपति ट्रम्पले आफ्नो स्ट्याटसमा लेखेका थिए ( ुफ्लूको सिजन आउदै छ । भ्याक्सिन हुदा पनि हरेकबर्ष एक लाख भन्दा बढी फ्लूबाट मर्ने गर्दछन् । के हामीले देश बन्द गर्ने रु होइन, हामीले यससँग बाच्न सिक्नुपर्छ । जसरी हामीले कोभिडसँग बाच्न सिक्दै छौं, धेरै जनसख्यामा यो कम प्राणघातक छ ।ु

राष्ट्रपति ट्रम्पले सोहि सन्देस ट्वीटरमा पनि पोष्ट गरेकोमा ट्वीटरले भने आफ्नो नीति अनुसार यस ट्वीटले गलत सूचना दिएको फ्लाग लगाइदिएको छ । यस अघि अगस्तमा पनि फेसबुक र ट्वीटरले ट्रम्पको स्ट्याटस हटाइदिएका थिए । त्यति बेला एक अन्तर्वार्तामा ट्रम्पले बालबालिकालाई कोरोना नलाग्ने गलत दाबि गरेका थिए ।

आफ्नो स्ट्याटसमा फेसबुट र ट्वीटरले एक्सन लिएपछि ट्रम्पले अर्को स्ट्याटस लेखेदै अमेरिकी कानुनको सेक्सन २३० लाई रद्ध गर्नुपर्ने लेखेका छन् । ुसेक्सन २३० लाई रद्धु मात्र लेखिएको सन्देसले अमेरिकी कानुन अनुसार टेक कम्पनिहरुलाई उनीहरुको आफ्नो नीति अनुसार कन्टेन्टमाथिको कन्ट्रोलको अधिकार दिने गर्दछ त्यसलाई रद्द गर्नुपर्ने संकेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*