अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश दिदै भने – ठिक हुदै छु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले अहिले ठिक महसुस गरेको बताएका छन् । कोरोना संक्रमण भएर अस्पतला भर्ना भएका राष्ट्रपति ट्रम्पले वाल्टर रीड मिलटरी नेशनल अस्पतालबाट भिडियो संदेश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले आफु छिट्टै फर्किने बताउदै प्रथम महिला मेलानियाको स्वास्थ्य अवस्था पनि ठिक रहेको जानकारी दिएका छन् ।
डाक्टरहरुले ४८ घटना राष्ट्रपति ट्रम्पका लागि महत्वपूर्ण हुने बताएको केहि घण्टापछि ट्रम्पले भिडियो संदेश जारी गरेर आफु ठिक भएको सन्देश दिएका छन् । विभिन्न मिडिया रिपोर्टमा ट्रम्पलाई अक्सिजन दिएको र स्वास्थ्य अवस्था बिग्रिदै गएको रिपोर्ट सार्बजनिक भएका बेला ट्रम्पले भिडियो सन्देश दिएका हुन् । उनले हामीले कोरोना भाइरसलाई जित्ने बताउदै आफुले चाहेको भए बन्द कोठामा बसेर पनि काम गर्न सक्ने तर त्यसो नगरेकाले संक्रमित भएको बताएका छन् ।
उनले आफु फर्किएर चुनावी क्याम्पेनको बाँकी काम गर्ने भन्दै अस्पतालका स्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत दिएका छन् ।







