भारतमा १५ तारिखदेखि स्कुल र कलेज खुल्ने

जनपत्र
१५ आश्विन २०७७, बिहीबार ०६:०८

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ ले आकान्त बनेको भारतमा आउँदो १५ तारिखदेखि स्कुल र कलेज खुल्ने भएका छन् । अमेरिकापछि सबैभन्दा प्रभावित भानिएको भारतले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि चलिरहेको लकडाउनको अन्त्य गर्दै आउँदो १५ तारिखदेखि स्कुल र कलेज खोल्ने निर्णय गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

कोरोनाका नाममा सधै विद्यालय र विश्वविद्यालय बन्द हुनु नहुने भन्दै यस्तो निर्णय भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्न पाउनेछन् । १० वर्ष मुनिका बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको हो ।

केन्द्रले अनलाइन क्लास र दूरी सिकाई ९डिस्ट्यान्स लर्निङ० लाई अझै पनि प्राथमिकता दिइएको छ । यो पढाइ पद्धतिलाई प्रोत्साहन गरिएको जनाए पनि भारतले विद्यालय खोल्न अनुमति दिएको हो । सँगै भारत सरकारले १५ अक्टोबरदेखि सिनेमा हल, मल्टिप्लेक्स, प्रदर्शनी कक्ष र मनोरन्जनस्थल खोल्ने अनुमती दिएको छ ।

सबै क्षेत्र खोल्ने अनुमति दिए पनि भारतले त्यसका लागि केही शर्त भने बनाएको छ । सिनेमा, थिएटर र मल्टिप्लेक्समा ५० प्रतिशतभन्दा धेरै सिट भर्न पाइनेछैन । सरकारले आधा सिट खाली हुनुपर्ने बताएको छ । यसका लागि सरकारले छुट्टै निर्देशिका नै जारी गर्ने उल्लेख गरेको छ ।

भारतले केही शर्तसहित एक सय जना भन्दा धेरैलाई जमघटको लागि अनुमती दिने तयारीसमेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सरकारले विभिन्न क्षेत्रलाई खुला गर्ने निर्णय गरे पनि कोरोना संक्रमितको संख्या बढिरहेका ठाउँमा भने ३१ अक्टुबरसम्म कडा लकडाउन लागू हुने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*