भारतमा २४ घण्टामा साढे ८० हजार संक्रमित थपिए, १ हजारभन्दा बढीको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा थप ८० हजार ५०० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा भारतमा एक हजार १७८ जनाले कोभिड(१९ बाट ज्यान गुमाएका छन्।
त्यहाँ कुल संक्रमित संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ। तीमध्ये ९७ हजार ५२९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। ५१ लाख ८४ हजार ६३४ जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ४१ हजार ३५६ जना छन्। आठ हजार ९४४ जना गम्भीर छन्।







