दक्षिण कोरियामा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा मृत्यु
दक्षिण कोरियामा कार्यरत एक नेपालीको आईतबार सुतेकै अवस्थामा मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका ५ घर भई हाल कोरियामा कार्यरत अर्जुन राई रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए।







