युक्रेनमा आर्मीको विमान दुर्घटना, २२ जनाको मृत्यु
युक्रेनमा आर्मीको विमान दुर्घटना हुदा कम्तिमा २२ जनाको मृत्यु भएको छ ।बिबिसीका अनुसार युक्रेनको खरकिभको पूर्वपट्टी अवतरणको क्रममा विमान दुर्घटना भएको बताइएको छ ।
विमानले खरकिभ एयर फोर्सका प्रशिक्षणमा रहेका सैनिकलाई लिएर जानेक्रममा दुर्घटना भएको हो । विमानमा २७ जना रहेको युक्रेनको इमरजेन्सी मन्त्रालयले बताएको छ ।
दुर्घटनामा दुई जना घाइते रहेका छन् भने अझै तीन जना बेपत्ता रहेको बताइएको छ । दुर्घटनाको कारण बारे भने जानकारी प्राप्त भएको छैन ।







