डब्लुएचओको चेतावनी – भ्याक्सिन आउनुअघिसम्म २० लाखको मृत्यु हुनसक्छ !

जनपत्र
१० आश्विन २०७७, शनिबार ०६:३९

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले कोरोना भ्याक्सिन आउने बेला अघिसम्म विश्वभर २० लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । डब्लुएचओका डाक्टर माइक रियानले अन्तर्राष्ट्रिय रुपमा प्रयास गरिएन भने मृत्यु हुनेको संख्या २० लाख भन्दा पनि बढी हुने चेतावनी दिएका छन् ।

विश्वभर अहिलेसम्म ९ लाख ९२ हजार भन्दा बढीको कोरोनाबाट मृत्यु भइसकेको छ भने ३ करोड २७ लाख भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म विश्वभर २ करोड ४१ लाख ६० हजार संक्रमण मुक्त भएका छन् भने विश्वभर ७५ लाख सक्रिय संक्रमित रहेका छन् । जसमा ६३ हजारको आइसीयुमा उपचार भइरहेको छ । अहिले कोरोना भाइरसको संक्रमण कैयौं देशमा दोस्रो लहरको रुपमा देखा पर्न थालेपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।

डा। रियानले समग्रमा संक्रमण बढिरहेकोमा चिन्ता प्रकट गरेका छन् । उनले युरोपमा फेरी संक्रमण बढेको प्रति चिन्ता व्यक्त गर्दै युरोपियनहरुलाई कोरोना रोक्न गरेका प्रयासहरुको समिक्षा गर्न आग्रह गरेका छन् । उनले युरोपमा पर्याप्त लकडाउन, परिक्षण, क्वारेन्टाइन र सामाजिक दुरीको पालना भएको नभएको बारे युरोपियन सरकारहरुले समिक्षा गर्नुपर्ने बताएका छन् ।

सरकारहरु कोरोना रोक्न प्रयासत रहे पनि २० लाख मृत्युलाई अब नकार्न नसकिने बताए । युरोपमा दोस्रो चरणको संक्रमण शुरु भएको बताईरहदा अमेरिकामा भने पहिलो चरणको संक्रमण अझै नसकिएको बताइएको छ । वरिष्ठ डाक्टर एन्थोनी फाउचीले अमेरिकामा अझै संक्रमण कम नभएकोले पहिलो चरणकै संक्रमण जारी रहेको तर्क गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*