अफगानिस्तानमा सरकारी फौजको आक्रमणबाट २४ सर्वसाधारण मारिए

जनपत्र
५ आश्विन २०७७, सोमबार ०६:४४

अफगानिस्तानको उत्तरी क्षेत्रस्थित सरकारी फौजले हवाइ हमला गर्दा बालबालिका सहित २४ जना आम नागरिक मारिएका छन् । यस्तै ६ जना घाइते भएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए । कुन्दुज प्रान्तको उत्तरी क्षेत्रमा आइतबार यस्तो हमला भएको हो । कुन्दुजस्थित तालिबान वाहुल्य भनिने खनाबाद जिल्लामा सरकारी फौजले तालिबान विद्रोहीलाई लक्षित गर्दै आक्रमण गरेको बताइएको छ ।

अफगान रक्षा मन्त्रालयले भने ३० जना तालिबान लडाकु मारिएको दावी गरेको छ । तालिबान र सरकारबाट नियुक्त वार्ताका सहजकर्ताबीच कतारमा पहिलो चरणको वार्तापछि नै यस्तो आक्रमण भएको हो । स्थानीय गाउँलेहरुले हवाइ हमला तालिबान लडाकुहरुका घरलाई लक्षित गरिएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*