रुससँग लड्न सिरियामा अमेरिकाले बढायो सैन्य शक्ति

जनपत्र
४ आश्विन २०७७, आईतवार ०६:५२

रुससँगको झडपछि अमेरिकाले सिरियामा सैन्य शक्ति बढाएको छ। सिरियाको उत्तर९पूर्वी सीमानामा ६ वटा ब्राडली सवारीसाधन र १०० सिपाही तैनाथ गरिएको अमेरिकाले जनाएको छ। अमेरिकी नौसेनाका क्याप्टेन बिल अर्बनका अनुसार उक्त निर्णयले गठबन्धन सेना र सुरक्षाको सुनिश्चित गर्नेछ। यस वर्ष अमेरिका र रुसका पेट्रोलिङ सैन्य टुकुडीबीच धेरैपटक झडप भएका छन्।

अमेरिकाले ‘सेन्टिनल राडार’ जडानसँगै लडाकु विमानको गस्ती पनि बढाएको अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता अर्बनले शुक्रबार बताएका छन्। आफ्नो वक्तव्यमा उनले भनेका छन्, ‘अमेरिका सिरियामा कुनै सेनासँग टकराव गर्न चाहँदैन, तर आवश्यक परेका खण्डमा गठबन्धनले सेनाको रक्षा गर्नेछ।’

अमेरिका र रुसबीच केही हप्तायतभा उत्तरपूर्वी सिरियामा तनाव बढिरहेको छ। अगस्टको अन्त्यमा रुसको एक गाडीसँगको टक्करमा सात अमेरिकी सैनिक घाइते भएका थिए। यसमा दुई देशले एकअर्कालाई दोषी भनेर आरोप लगाएका छन्। बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*