सिंगापूरमा कन्ट्याक ट्रेसिङका लागि सम्पूर्ण जनतामा ब्लुटुथ टोकन वितरण गरिने

जनपत्र
३१ भाद्र २०७७, बुधबार ०६:३२

कोभिड–१९ नियन्त्रणलाई सहज पार्नका लागि सिंगापूरले आफ्ना ५० लाख जनतामा ‘ब्लुटुथ कन्ट्याक ट्रेसिङ टोकन’ वितरण गर्ने घोषणा गरेको छ । उक्त टोकन घाँटीमा झुन्डाउन सकिनेछ जुन गत मार्चमा निकालिएका कन्ट्याक ट्रेसिङ एपको हार्डवेयर भजर्न हो ।

एपमा जसरी नै त्यसले ब्लुटुथको प्रयोग गरि संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको खोजी गर्नेछ जो पनि त्यही टोकनका प्रयोगकर्ता हुने हुँदा पहिले भन्दा अझ छिटो संक्रमितको पत्ता लगाउन सकिनेछ । विशेषगरी जेष्ठ नागरिकहरुका लागि यो डिभाइस उपयुक्त हुने बताइएको छ जसले स्मार्ट फोन प्रयोग गर्दैनन् ।

त्यसैगरी सरकारले यस मार्फत उच्च जोखिमयुक्त वातवारण जस्तै होटल, सिनेमा र जिम लगायतका स्थलमा समेत राम्ररी ट्रेसिङ गर्न मिल्ने हुँदा अर्थतन्त्र खुलाउन मद्दत पुग्ने अपेक्षा पनि गरेको छ । यसको वितरण पहिले जेष्ठ नागरिकहरुको सङ्ख्या बढी रहेका स्थलबाट सुरु गरिने बताइएको छ जो कोभिडको उच्च जोखिममा हुन्छन् । तर कार्यक्रम अन्र्तगत विदेशीहरु सहित सम्पूर्ण नागरिकहरुका लागि केही समयमै टोकन उपलब्ध गराइने तय भएको छ ।

यो तरिका गोपनियता सम्बन्धी चिन्तित नागरिकहरुका लागि पनि उपयुक्त भएको बतााइएको छ । धेरै मानिसहरुले एपको सट्टा टोकन प्रयोग गर्न चाहेको बताइरहेकाले पनि सवैसाधारणबाट सकारात्मक प्रतिक्रियाले आउने अपेक्षा गरिएको छ । टोकनमा स्टोर गरिएका सबै जानकारी, प्रयोगकर्ता कोभिड पोजेटिभ भएमा, स्वास्थ्य मन्त्रालयलाई सो टोकन बुझाउनुपर्दा मात्र अपलोड गरिनेछ । साथै सफ्टवेयर भर्जनमा प्रयोगकर्ताले थाहा नपाइ सो व्यक्तिको ‘लोकेसन’ पत्ता लगाउन मिल्दैनथ्यो तर यो टोकनबाट भने उनीहरुलाई नभनि लोकेसन ट्रेस गर्न सकिनेछ ।

गत मार्चमा सिंगापूर देशव्यापी रुपमा कन्ट्याक ट्रेसिङ एप लन्च गर्ने पहिलो सरकार बनेको थियो । त्यसपछिदेखि सो एप २४ लाखले डाउनलोड गरेका हुन् जसमध्ये १४ लाखले प्रयोग गर्दै आएका थिए । तर यो तथ्याङ्कलाई अझै बढाउन आवश्यक भएकाले सरकारले एपको सट्टा टोकन प्रभावकारी हुने निष्कर्ष निकालेको थियो । यसले कोभिड संक्रमित हुन सक्नेहरुको पहिचान गर्ने समयलाई चार दिनबाट घटाएर दुइ दिन बनाइदिएको स्वास्थ्य मन्त्रीले जनाएको छ । बिबिसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*