शुक्र ग्रहको वादलमा भेटियो जीवको अंश

जनपत्र
३० भाद्र २०७७, मंगलवार ०६:२२

पृथ्वीबाट निकै नजिक रहेको यही सौर्य मण्डलको शुक्र ग्रहको बादमा जीवको अंश फेला परेको वैज्ञानिकहरुले दाबी गरेका छन्। शुक्र ग्रह पृथ्वीबाट रातीमा देख्न सकिने नजिकको ग्रह हो।

वैज्ञानिकहरुले सो ग्रहको बादलमा जीवको अंश देखिएको बताएका हुन्। यो दावीसँगै शुक्र ग्रहमा जीव रहेको पुष्टि हुन सक्ने बताइएको छ। शुक्र ग्रहमा ३७ वटा सक्रिय ज्वालामुखी रहेका छन्। र ती ज्वालामुखी विस्फोट भइरहेका छन्। यस्तो अवस्थामा शुक्र ग्रहको बादलमा जीवनको अंश खोज्नु एक ठूलो उपलब्धि मानिएको छ।

वैज्ञानिकहरुले शुक्र ग्रहमा पृथ्वीसँग सम्बन्धित फस्फिन नामको ग्यास भएको पत्ता लगाएका छन्। तर शुक्र ग्रहको वातावरणअनुसार त्यहाँ जीवन हुनु लगभग असम्भव छ जस्तै तर ग्यास पत्ता लाग्नु निकै आश्चार्यजनक मानिएको छ।

म्यासाच्यूसेट्स इंस्टीट्यूट फ टेक्नोलोजीकी एस्ट्रोबायोलोजिस्ट अथवा अन्तरिक्ष जीव विज्ञानी सारा सीगरले आफूहरुको यो अनुसन्धानबारे रिपोर्ट नेचर एस्ट्रोनोमीमा प्रकाशित भएको बताइन्। उनले भनेकी छन्, ‘हामीले त्यसमा लेखेका छौं, शुक्र ग्रहमा पृथ्वीभन्दा फरक जीवनको सम्भावना छ।’ उनले यो ग्रहमा जीवन भएको दावी नगर्ने तर त्यहाँ एक विशेष गयास फेला परेको र सो गयास जीवले उत्सर्जन गर्ने बताएकी छन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*