इजरायलमा दोस्रो पटक लकडाउन घोषणा, विरोधमा मन्त्रीले दिए राजीनामा

जनपत्र
२९ भाद्र २०७७, सोमबार ०७:०१

कोरोना भाइरस नियन्त्रण गर्न इजरायलमा दोस्रो पटक लकडाउन लगाइने भएको छ। शुक्रबारदेखि सुरु हुने लकडाउन तीन सातासम्म चल्नेछ। प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिन थालेपछि पुनः लकडाउन लगाइएको जनाएका छन्। यसअनुसार अब इजरायलीहरुले यहुदी नयाँ वर्ष लकडाउनका बीच मनाउनुपर्नेछ।

यो लकडाउनको विरोधमा एक मन्त्रीले राजीनामा दिएका छन् भने सत्ताधारी गठबन्धनले आफ्नो समर्थन फिर्ता लिने चेतावनी दिएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ९० लाख जनसंख्या भएको इजरायलमा कोरोना संक्रमणबाट ११ सय ८ जनाको मृत्यु भसकेको छ भने १ लाख ५३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

यसअघि त्यहाँ मार्चको अन्त्यदेखि मेको सुरु सातासम्म लकडाउन गरिएको थियो। नयाँ प्रतिबन्धअनुसार १० जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन पाउनेछैनन्। स्कुल र सपिङ मल बन्द गरिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*