किमले ट्रम्पलाई सुनाएका थिए, उनका काका मार्न बनाएको षडयन्त्र !

जनपत्र
२७ भाद्र २०७७, शनिबार ०६:२३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जङ उनबीचको सम्बन्ध जहिले पनि उतारचढावमा भरिएको छ । यी दुईले कहिले एकलाई कहिले अर्कोलाई बारम्बार धम्की दिइरहेका पनि छन् । तर, उनीहरु केही पहिले भेट्दा चाहिँ यो सब बिर्सिएर लामो समय कुराकानी गरेका थिए । त्यही भेटमा किमले आफ्ना काका मारिएको घटनाबारे ट्रम्पलाई सुनाएका थिए ।

यो दाबी गरिएको छ, अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लेखिएको एक पुस्तकमा । किताबमा राजद्रोह तथा आरोपमा किमका काका जेंग सोंगको हत्या भएको विषयमा उल्लेख गरिएको छ । सन् २०१३ मा भएको यो घटनाबारे किताबमा लेखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*