भारतीय सामाजिक अभियान्ता स्वामी अग्निवेशको निधन

भारतका चर्चित सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा निधन भएको छ। कलेजोको समस्यबाट पीडित अभियान्ता अग्निवेशको दिल्लीस्थित इस्टिच्यूट अफ लिवर एण्ड बायिलरी साइन्सेजमा उपचारका क्रममा शुक्रबार साँझ साढे ६ बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कलेजोको समस्याको कारण गम्भीर अवस्थामा उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो। उनलाई शुक्रबार साँझ ६ बजे हृदयघातसमेत भएको चिकित्सकहरूलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । आन्ध्रप्रदेशको ब्राम्हण परिवारमा जन्मिएका अग्निवेश सन्यासी बनेका थिए । उनले भारतमा बँधुवा मुक्ति मोर्चा खोलेर बँधुवा मजदुरविरुद्ध अभियान सञ्चालन गरेर चर्चित बनेका थिए । सन् १९७७ मा हरियाणा विधानसभामा निर्वाचित भएका उनी दुई वर्ष शिक्षा मन्त्रीसमेत बनेका थिए ।