भारतमा बितेको २४ घण्टामा थपिए ९३ हजार बढी कोरोना संक्रमित

जनपत्र
२७ भाद्र २०७७, शनिबार ०६:०९

भारतमा बितेको २४ घण्टामा ९३ हजार ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४६ लाख ५३ हजार ३ सय २ पुगेको छ । त्यस्तै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७६ हजार ४ सय ६१ पुगेको छ ।

हालसम्म ३६ लाख १६ हजार २ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार १ सय ५७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को कारण यो समाचार तयार पार्दासम्म ९ लाख १६ हजार ८ सय १५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ८५ लाख २० हजार ८ सय ९७ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड ४ लाख ६७ हजार ४ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ८ सय ५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*