टिकटकको डान्सले जानुपर्यो जेल, तिर्नुपर्यो १४ लाख जरिवाना !
टिकटक सोसल मिडिया एप्समा डान्स गरेको भिडियो हाल्नु पाँच महिलाहरको लागि घाँडो साबित भएको छ । उनीहरुलाई उक्त डान्सले दुई वर्षको सजाय र १४ लाख रुपैयाँ जरिवानाको सजाय भएको छ । यो घटना मिश्रको हो । मिश्रको अदालतले पाँच जना महिलालाई एक डान्सको भिडियो टिकटकमा राखेको कारणले यस्तो सजाय सुनाएको हो ।
उनीहरुलाई मिश्र सरकारको कानून उल्लंघन गरेको अभियोग लागेको छ । १५ सेकेण्डको उक्त भिडियोमो मेकअप पोज दिएको लगायत डान्स रहेको छ । उक्त घटनामा दुई छात्र २० वर्षीया हानीन होसाम र २२ वर्षीय मोवादा अल अधम रहको छन् । अन्य तीन जना भने उनीहरुको सहयोगी पाइएको छ ।
एजेन्सीको सहयोगमा






