कोरोना भाइरसको कारण महिनौंदेखि बन्द रहेको ताज महल पर्यटकका लागि फेरि खुल्दै
कोरोना भाइरसको संक्रमणका कारण बन्द रहेको ताज महल सेप्टेम्बर २१ देखि खुल्ने भएको छ। डिस्ट्रिट मेजिस्ट्रेट प्रभु एन सिंहले सेप्टेम्बरदेखि पर्यटकहरुका लागि ताज महलका साथै आगरा फोर्ट खुल्ने बताएका हुन्। आगरामा हालसम्म ३ हजार ४५९ जनामा संक्रमण पुष्टि भइरहेको छ। सोमबारमात्रै यहाँ ८५ जनामा संक्रमण देखिएको थियो।
पर्यटकहरु यी स्थानहरु भ्रमण गर्दा स्वास्थ्य मापदण्डहरु भने पालना गर्नुपर्नेछ। यी सम्पदा क्षेत्रमा प्रवेश गर्दा अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ। पर्यटकहरुले अनलाईनबाट मात्रै टिकट खरिद गर्न सकिनेछ। टिकटक काउन्टरहरु भने बन्द रहनेछन्।
TajMahal and Agra Fort to welcome tourists from 21st Sept’20
Please visits https://t.co/sMvBBGq4Yl for more informations pic.twitter.com/bFvhqSCZNu
— Prabhu N Singh (@PrabhuNs_) September 7, 2020
ताजमहलमा एक दिनमा ५ हजार जना पर्यटकले मात्रै प्रवेश पाउनेछन्। दिउँसो २ बजे अघि २ हजार ५०० जना र त्यउपछि बांकी पर्यटकहरुले प्रवेश पाउनछन्। यता आगरा फोर्टमा भने एकदिनमा मात्र २ हजार ५०० जनालाई प्रवेश गर्न दिइनेछ।
कोरोना कहरअघि ताज महलमा एक वर्षमा करिब ७० लाख मानिस र आगरा फोर्टमा ३० लाख मानिस घुम्न पुग्ने अधिकारीहरुले बताएका छन्।







