सेनालाई भारतको निर्देशन – लिपुलेक क्षेत्रमा विशेष निगरानी गर्नू

भारत(चीनबीच तनाव बढ्दै गएपछि नेपाल र भुटानको सीमा क्षेत्रमा विशेष निगरानी गर्न भारत सरकारले आफ्नो सेनालाई निर्देशन दिएको छ । २९-३० अगस्तमा पूर्वी लद्दाखको सुशुल भ्यालीमा भारत(चीन सेनाबीच आमने(सामने भएपछि भारतले उत्तरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको हो । चिनियाँ सेनाले सीमा क्षेत्रमा आफ्नो गतिविधि बढाएको भन्दै नेपाल-भारत-चीन ‘त्रिदेशीय नाका’ लिपुलेक क्षेत्रमा विशेष निगरानी गर्न आफ्नो सेनालाई भारतले निर्देशन दिएको स्पुतनिक न्युजले उल्लेख गरेको छ ।
भारतीय सञ्चारमाध्यम इकोनमिक टाइम्सले नेपालले पनि लपुलेक क्षेत्रमा भारतीय सेनाका गतिविधिमा निगरानी गर्न आफ्नो सशस्त्र सुरक्षा फौजलाई निर्देशन दिएको जनाएको छ । यसअघि भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि नेपाल(भारतबीच तिक्तता उत्पन्न भएको थियो । उक्त तिक्तताको परिणाम नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटर नयाँ नक्सा जारी गरेको छ । अहिले पनि कालापानीमा भारतीय सेना रहेको छ । कालापानीमा रहेको सेनालाई नै लिपुलेकमा विशेष निगरानी गर्न भारत सरकारले निर्देशन दिएको हो ।
सीमा क्षेत्रमा सेनाको संख्यामा बढोत्तरी
भारतीय सेना जुनेदेखि नै अरुणाञ्चल प्रदेशको सीमा क्षेत्रमा सैनिकको संख्या बढाएको भारतीय सुरक्षा स्रोतले रोयटर्सलाई बताएको छ । अन्जाव जिल्लामा उत्तरपश्चिमी सीमामा सेनाको संख्यामा उल्लेख्य वृद्धि गरेपछि त्यहाँ झडपको सम्भावना बढी भएको जनाइएको छ । तर, सेनाले भने नियमित गस्तीकै लागि सेना तैनाथ भएको जनाएको छ ।
यद्पि भारतीय सेनाका प्रवक्ता लिफ्टिनेन्ट कर्णेल हर्ष वर्दन पाण्डेले नियमित रोटेशनका आधारमा सेना त्यहाँ पठाइएको बताइएको छ । उनले भने, ूविशेष गरी यो युनिट परिवर्तन गरिएको हो । यो हरेक पटक हुने गर्छ, त्योभन्दा धेरै केही होइन ।ू
त्यसैगरी लद्दाखसँग सीमा जोडिएको क्षेत्रमा भएको पछिल्लो भिडन्तमा आफ्ना कुनै पनि सैनिक नमारिएको भारतले दाबी गरेको छ । अप्रिल अन्तिबाट लद्दाखमा सुरु भएको भारत-चीनबीचको तानातानी जुन १५ को राति गलवान भ्यालीमा हिंसात्मक झडफमा परिणत भएको थियो । उक्त झडपमा २० भारतीय मारिएका थिए । चीनले भने आफ्नोतर्फबाट भएको मानवीय क्षतिको कुनै विवरण सार्वजनिक गरेको छैन । बाह्रखरीबाट