सुशान्त मृत्यु प्रकरण : अभिनेत्री रियाका भाइ र पूर्वम्यानेजर पक्राउ
अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा भारतको लागुऔषध नियन्त्रण ब्यूरो ‘एनसिबी’ ले अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्तका म्यानेजर रहिसकेका स्यामुअल मिरान्डालाई पक्राउ गरेको छ।
सुशान्त मृत्यु प्रकरणमा यो पहिलो गिरफ्तारी हो। यो प्रकरणमा सिबीआईले अनुसन्धान गरिरहेको छ। तर लागुऔषध कारोबारको विषयमा एनसिबीले पक्राउ गरेको हो।






