भारतमा एकैदिन सर्वाधिक ८७ हजारमा कोरोना संक्रमण

जनपत्र
२० भाद्र २०७७, शनिबार ०६:०१

भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ८७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म ८७ हजार ११५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४० लाख २० हजार २३९ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ४६ हजार ९२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०६६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६९ हजार ६३५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*