१९ पटक जाँच गर्दा पनि सधैं कोरोना पोजिटिभ

जनपत्र
१६ भाद्र २०७७, मंगलवार ०६:५४

इटालीमा बिगत पाँच महिनादेखि एक महिला कोरोना संक्रमित छिन्। जतिपटक परीक्षण गरे पनि उनको परिणाम पोजिटिभ आएपछि उनी यतिबेला इटालीका मिडियामा चर्चामा छिन्।

उनको नाम नाडा काभा हो र उनी ४९ बर्षीया इटालीयन नागरिक हुन्। उनको १९ औं पटकको कोरोना टेस्ट पनि पोसेटिभ नै आएको छ। १३ मार्चदेखि होम क्वारेन्टिनमा बसेकी उनी अहिले पनि आफ्नै निवासमा छिन्, क्वारेन्टिनमै। उनको स्वास्थ अवस्था बिग्रेपछि मार्च महिनामा २ हप्ता मास्सिनी दि तेरामो अस्पतालमा उपचारका लागि लगिएको थियोे। स्वास्थ अवस्था ठीक भएसँगै उनी कोरोना पोसेटिभ हुँदाहुँदै होम क्वारेन्टिनमा बस्न उनलाई घर पठाइयो।

तर, केही दिनपछि फेरि उनलाई ज्वरो आउन सुरु गरेपछि उपचारका लागि पुन अस्पतालमा भर्ना गर्नु पर्यो। तर, दुईपटक सम्म अस्पतालमा उपचार गरेपछि उनी पुन होम क्वारेन्टिनमै फर्किएकी छिन्। उनी क्वारेन्टिनमै बसेको पनि १ सय ७० दिन बितिसकेको छ । इटालियन समाचार च्यानल टिजिकम २४ का अनुसार उनी एक सुपर मार्केटमा क्यासियरको काम गर्दै आएको भए पनि उनी क्वारेन्टिनमा बसेकै दिनदेखि बिरामी बिदामा घरमै थिइन् । इटालीमा काम गर्ने कामदारहरुमा संक्रमण देखिएमा आफ्नो डाक्टरको सिफारिसअनुसार बिरामी बिदामा बस्न मिल्ने नियम छ ।

यो नियम हुँदा हुँदै पनि १ सय ७० दिनको बिरामी बिदा सकिएपछि पहिले काम गर्ने ठाँउबाट पनि उनलाई निकालिएको छ। उनी अस्थायी रुपमा काम गर्दै आएकी थिइन्। कामको कन्ट्रयाक्ट सकिएसँगै उनलाई काम बाट निकालिएको हो। काम बाट निकालिएको कुराले गर्दा उनी रिसाएकि पनि थिइन्।

उनलाई पहिलेको कामबाट निकालिए पनि अर्को सुपरमार्केटले काम दिने भएको छ। नयाँ सुपरमार्केटले २ सेप्टेम्बरबाट काम सुरु गर्न भनेको छ तर उनी अझै पनि कोरोना पोसेटिभ भएको कारण सो काम पनि गुम्ने अवस्थामा पुगेको छ। कोरोनाले क्वारेन्टिनमा बस्नु परेकै कारण आफ्नो छोरीको बिवाह र आफ्नी आमाको अन्त्येष्टिमा समेत उनी सहभागी हुन पाइनन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*