भ्याक्सिनको मन्जुरी दिने प्रक्रियालाई गम्भीरताका लिन डब्लुएचओको चेतावनी

जनपत्र
१६ भाद्र २०७७, मंगलवार ०६:५१

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मन्जुरी दिने प्रक्रियालाई गम्भीरताका साथ लिन आपिल गरेको छ । डब्लुएचओकी मुख्य बैज्ञानिक सौम्या स्वमिनाथनले सबै देशले ट्रायल पुरा नहुदै भ्याक्सिनलाई अनुमति दिने अधिकार राख्ने तर यसलाई हल्का रुपमा लिने काम नगर्न आग्रह गरेकी छन् ।

डब्लुएचओका अनुसार अहिले कोरोनाविरुद्धका ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ भने १४३ भ्याक्सिन अझै प्रि(क्लिनिकल मुल्यांकनको चरणमा रहेका छन् । अहिले रुसले ट्रायल नसकिदै भ्याक्सिनलाई अनुमति दिइसकेको छ भने अमेरिकामा पनि ट्रायल पुरा नहुदै अनुमति दिने विषय बहसमा रहेको छ ।

यसका साथै डब्लुचओले बिना पर्याप्त व्यवस्था बिना कैयौ देशहरुले लकडाउन हटाएकोमा चिन्ता व्यक्त गरेको छ । अहिले पनि कैयौ देशमा ठुलो संख्यामा संक्रमित बढिरहेको भन्दै यदि मानिसहरुलाई एक ठाउमा जम्मा हुने दिइयो भने कोरोनालाई निमन्त्रणा गरे जस्तो हुने बताएको छ । विश्वभर कोरोनाबाट अहिलेसम्म २ करोड ५६ लाख भन्दा बढी संक्रमित भएका छन् भने ८ लाख ५४ हजार भन्दा बढीको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*