बेलारुसमा राष्ट्रपतिविरुद्ध विशाल प्रदर्शन

जनपत्र
१५ भाद्र २०७७, सोमबार ०६:१२

बेलारुसमा राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोको विरुद्धमा विशाल प्रदर्शन भएको छ । आइतबार हजारौं मानिसले उनीविरुद्ध सडकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अवस्था तनावपूर्ण भएको छ । राजधानी मिन्स्कस्थित स्वतन्त्रता स्क्वायर लगायतका धेरै महत्वपूर्ण स्थानहरु ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ ।

प्रदर्शनका क्रममा आइतबार १२५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको त्यहाँको आन्तारिक मामिला मन्त्रालयले जानकारी दिएको छ । प्रहरीका अगाडि प्रदर्शनकारीहरुले जथाभावी नाराहरु लगाएका थिए । बेलारुसमा अगष्ट ९ मा सम्पन्न निर्वाचनपछि प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीहरुले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै पद त्याग्न आग्रह गरिरहेका छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*