२४ घण्टामा विश्वमा २ लाख १० हजार संक्रमित थपिए
पछिल्लो २४ घण्टामा विश्वमा २ लाख १० हजार १८३ कोरोना संक्रमितको पहिचान भएको छ । यो अघिल्लो दिनको तुलनामा केही धेरै भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । अघिल्लो २४ घण्टामा २ लाख ९ हजार ८४३ संक्रमित थपिएका थिए ।
कोरोनाका कारण हालसम्म ८ लाख १५ हजार ३८ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ३७ लाख ५२ हजार ९६५ पुगेको छ ।







