अमेरिकाले आफ्नो देशमा जासुस विमान पठाएको चीनको आरोप, दुई देशीबीच बढ्यो फेरि तनाव

जनपत्र
११ भाद्र २०७७, बिहीबार ०६:५०

चीनले अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको आरोप लगाएको छ। यो भनाइसँगै २ देशबीच फेरि वैमनस्यता बढेको छ। ती २ जासुसी विमानले आफ्नो सैन्य अभ्यासको गोप्य रूपमा रेकर्ड गरेको चीनको आशंका छ।

घटना उत्तरी चीनको सिमानामा भएको भने पनि चीनले त्यसको आधिकारिक रूपमा स्थानमो पुष्टि भने गरेको छैन।
तर अमेरिकाले चीनले लगाएको आरोपको खण्डन गरेको छैन, उसले आफ्ना विमानले नियम उल्लंघन नगरेको दाबी गरेको छ।

चीनका सरकारी सञ्चारमाध्यामले अमेरिकी सेनाको यो गतिविधिले सैन्य झडपको खतरा बढेको बताएका छन्।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*