रुस कोरोनाको दोस्रो भ्याक्सिनको अनुमतिको नजिक

जनपत्र
११ भाद्र २०७७, बिहीबार ०६:४०

रुस कोरोनाको दोस्रो भ्याक्सिनको अनुमतिको नजिक पुगेको मिडिया रिपोर्टमा जनाइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार रुले स्पुत्निक-५ नामको कोरोना भाइरसको अनुमति पछि अब दोस्रो भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल सेप्टेम्बरको अन्त्यसम्म सकिने भएको छ ।

रुसका डेपुटी प्रधानमन्त्री तात्याना गोलिकोवाले साइबेरियामा रहेको भेक्टर भाइरोलोजी इन्स्टिच्युटमा बनिरहेको यो भ्याक्सिनको तेस्रो चरण को क्लिनिकल ट्रायल सेप्टेम्बरसम्म सकिने बताएका हुन् । राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरिएको एक बैठकमा राष्ट्रपति भ्लादमिर पुटिनलाई डेपुटी प्रधानमन्त्री तात्यानाले यस्तो ब्रिफ़ गरेको देखाइएको थियो ।उनले पहिलो र दोस्रो चरणको ट्रायलमा यो भ्याक्सिनको कुनै नकारात्मक नतिजा नदेखिएकाले अब तेस्रो चरणको ट्रायल गरिने बताएका छन् ।

केहि दिन अघि मात्र रुसले कोरोनाको पहिलो भ्याक्सिन बनाएको घोषणा गर्दै उत्पादनको अनुमति दिएको थियो । यद्यपी यो भ्याक्सिनको निर्माण अन्तर्राष्ट्रिय मान्यता अनुसार नगरिएको भन्दै प्रयोग नगर्न चेतावनी दिइएको छ । विश्व स्वास्थ्य संगठनले समेत यो भ्याक्सिनको निर्माण प्रक्रिया र विश्वसनीयतामा आफुहरु अनविज्ञ रहेको बताउदै आएको छ । तर रुसले भने यो सुरक्षित रहेको दाबि गर्दै आएको छ । रुसले बनाएको यो भ्याक्सिनको आखिरी चरणको क्लिनिकल ट्रायल भने हुन बाँकी नै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*