ट्रम्पलाई आफ्नै दिदीले झुटो र सिद्दान्त नभएको भनेपछि…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकी दिदीले गरेको टिप्पणी अहिले अमेरिकामा चर्चाको विषय बनेको छ । आफ्नो दोस्रो कार्यकालका लागि निर्वाचनमा होमिएका ट्रम्पलाई आफ्नै नजिककाहरुबाट आलोचना भइरहनु राम्रो संकेतको रुपमा लिइएको छैन ।
ट्रम्पकी दिद मेरियाने ट्रम्प बेरीले ट्रम्पलाई झुटो र कुनै सिद्दान्त नभएको भनेर आलोचना गरेको भिडियो सार्बजनिक भएको छ । ट्रम्पको बारेमा उनले बोलेको कुरा उनकै कुनै नातेदारले रेकर्ड गरेको वाशिंटन पोष्टले सार्बजनिक गरेको छ । उनले भिडियोमा भनेकी छन्, ुउसका काम नलाग्ने ट्वीट र झुठबाट भगवानले बचाओस्, यो धोका र क्रुरता हो । आफ्नो दिदीको यास्तो भिडियो सार्बजनिक भएपछि ट्रम्पले ह्वाइटहाउस माफर्त विज्ञप्ति निकाल्दै हरेक दिन केहि अलग हुन्छ र यसको कसैले मतलब गर्दैन भन्ने प्रतिक्रिया दिएका छन् ।
पूर्व फेडरल जज समेत रहेकी मेरीले आफ्ना भाईको आलोचना गर्दै ट्रम्पको शरणार्थी नीतिको आलोचना गरेकी छन् । भिडियोमा ट्रम्पले पेन्सलभेनिया युनिभर्सिटीमा अरु कसैलाई परीक्षा दिन लगाएर भर्ना भएको समेत खुलासा गरेकी छन् । सो परीक्षाका लागि उनका अंकलले परीक्षा दिने व्यक्तिलाई पैसा दिएको समेत बताएकी छन् । उनले आफ्नो जीवनीमा समेत कसरी आफ्नो परिवारले विश्वकै खतरनाक व्यक्तिलाई जन्माएको भन्ने उल्लेख गरेकी छन् । भिडियोमा ट्रम्पको आलोचना गरेपनि मेरीले आफ्ना भाई ट्रम्पको भने समर्थन गर्दै आएकी छन् ।







