अमेरिकामा कोरोनाको सबैभन्दा बढी असर, १ लाख ७७ हजार बढीको गयो ज्यान
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ९९ हजार ६ सय ५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३० लाख ७ हजार ४ सय २३ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ५६ लाख २६ हजार ७ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ७ सय ५९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७७ हजार ७ सय ७८ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १९ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५७ लाख ६६ हजार १ सय ५७ पुगेको छ ।
हालसम्म ३१ लाख ५ सय ८७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ४ सय २३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ५४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।






