नियमित उडानबाट विदेशमा रहेका नेपाली आउन पाउने, यस्तो छ प्रक्रिया

जनपत्र
५ भाद्र २०७७, शुक्रबार ०६:२२

नियमित उडानमार्फत सरकारले खाडीसहित विभिन्न मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका नेपाली नागरिक, विदेशस्थित नियोगका कूटनीतिज्ञ तथा कर्मचारीलाई नेपाल आउन नियमित उडान सुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले मलेसिया, संयुक्त अरब इमिरेट्स ‘यूएई’, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिने निर्णय गरेको हो । स्वदेश आउन चाहने नागरिकले काठमाडौंमा अनिवार्य सातदिन क्वारेन्टिनमा बस्नुपर्ने छ ।

होटलको खर्च सम्बन्धित यात्रुले नै बेहोनुपर्ने निर्णय गरिएको एक मन्त्रीले बताए । होटलको व्यवस्थापन जिल्ला सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र ‘डीसीसीएमसी’ ले गर्नेछ भने टिकट बुक गर्दा नै होटलको खर्च भुक्तानी गर्नुपर्नेछ । यसका अतिरिक्त स्वदेश आउन चाहने नागरिकले ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको ९पीसीआर० रिपोर्ट पनि देखाउनुपर्ने मन्त्रीले जानकारी दिए ।

यदि होटल बुकिङ र पीसीआर रिपोर्ट नभएका यात्री ल्याइएमा सम्बन्धित वायु सेवा निमगलाई कारबाही गरिने भएको छ । कारबाहीको अधिकार अधिकार पर्यटन मन्त्रालयलाई दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*