उत्तरकोरियाका शासक किम जोङ उनले आफ्नी बहिनीलाई बनाए थप शक्तिशाली

जनपत्र
५ भाद्र २०७७, शुक्रबार ०६:०४

उत्तरकोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङलाई थप शक्तिशाली बनाइएको छ। सर्वोच्च नेता किमले बहिनी जोङलाई पछिल्ला दिन थप अधिकार दिएका हुन्। नेता किमले थप अधिकार दिएसँगै अब किम योले राष्ट्रका सबै मामिला हेर्न सक्ने बाटो खुलेको दक्षिण कोरियाको गुप्तचर संस्थालाई उधृत गर्दै बीबीसीले जनाएको छ।

तर दक्षिण कोरियाली गुप्तचर संस्थाले बाहिर ल्याएका रिपोर्ट गलत हुने गरेका टिप्पणी पनि भइरहेका छन्। गुप्तचर संस्थाले यस्तो दाबी गरेपछि बिहीबार दक्षिण कोरियाको राष्ट्रियसभामा यसबारे छलफलसमेत भएको थियो। उक्त छलफलपछि विधानसभा सदस्यले पत्रकारसँग कुराकानी गरेका थिए। गुप्तचर एजेन्सीको रिपोर्टमा भनिएको छ– ‘किम जोङ उनसँग अझै पूर्ण शक्ति छ, तर बिस्तारै केही शक्ति हस्तान्तरण पनि गर्दै छन्।’

किमकी बहिनी किम यो अहिले त्यहाँको दोस्रो शक्तिशाली नेता हुन् । जसलाई संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका लागि नीतिसहित अन्य नीतिसम्बन्धी मामिला हेर्न नियुक्त गरिएको छ। तर उनलाई अझै किम जोङ उनको उत्तराधिकारी बनाइएको छैन। आफ्नो शासनकालमा आउने दबाब कम गर्न किम जोङ उनले लागि यो कदम चालेको गुप्तचर एजेन्सीले जनाएको छ। सन् १९८७ मा जन्मिएकी यो जोङ किम जोङ दाइभन्दा ४ वर्ष कान्छी हुन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*