अब कूटनीतिक राहदानी भएका नेपाली ९० दिनसम्म इजरायल जाँदा प्रवेशाज्ञा नचाहिने

जनपत्र
५ भाद्र २०७७, शुक्रबार ०५:५०

नेपाल र इजरायलबीच कूटनीतिक राहदानीवाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्तिसम्बन्धी सम्झौता भएको छ ।बिहीबार भएको सम्झौतापछि अब कुनै एक राष्ट्रको कूटनीतिक राहदानीवाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा प्रवेशाज्ञा लिनु नपर्ने इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ती जारी जनाएको छ ।

इजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट राजदूत डा। अन्जान शाक्यले तथा इजरायल सरकारको तर्फबाट इजरायली परराष्ट्र मन्त्री गावीले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै राजदूत शाक्यले नेपालमा ुलर्न एण्ड अर्नु प्रोजेक्टमार्फत इजरायल पुगेका विद्यार्थीहरुमध्ये केही उत्कृष्ट छनोट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ र परामर्शदाताको रुपमा विकास गर्न सकिने सुझाव दिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*