वृद्ध दम्पत्तीले बनाए हिट युट्युब च्यानल, वर्षमा करोडौँ कमाई

जनपत्र
१ भाद्र २०७७, सोमबार ०६:१२

बच्चाहरुलाई कार्टुन हेर्न धेरै मा पर्छ । आफ्नो खाली समयमा बच्चाहरु कार्टुन हेर्छन् । अहिले बच्चाहरुको मन पर्ने युट्युब च्यानल कोकोमिलन चर्चामा छ । हरेक बच्चा त्यस च्यानलमा रहेका कार्टुन भिडियो हेर्न मरिहत्ते गर्छन् । यो च्यानल ५५ वर्षका वृद्ध दम्पत्तीले बनाएका हुन् । जसको भिडियो अहिलेसम्म ७२ अर्ब भन्दा धेरैले हेरिसकेका छन् ।

यो च्यानल अमेरिकामा सबैभन्दा धेरै हेरिने युट्युब च्यानल मध्येको एक हो । एक जानकारीका अनुसार यो सारा विश्वमै हेरिनेमा दोश्रो नम्बरमा छ । हालै यो च्यानल लण्डनको मूनबग नामको कम्पनीले किनेको छ । यो च्यानलबाट उक्त दम्पत्ती वर्षमा करोडौँ कमाउने गरेको एक वेबसाइटले समाचार प्रकाशित गरेको छ । ३० दिनमा नै उक्त च्यानलमा ३।३१ अर्ब भ्यू आएका छन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*