भारतमा दुई दिनमै थपिए एक लाख २९ हजार संक्रमित

जनपत्र
३१ श्रावण २०७७, शनिबार ०६:४०

छिमेकी देश भारतमा पछिल्ला दुई दिनको अवधिमा कोरोना भाइरसबाट एक लाख २९ हजार ७५१ जना संक्रमित भएका छन्। वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या रफ्तारमा बढिरहेको छ। पछिल्लो समय भारतमा दैनिक संक्रमणदर लगातार अमेरिका र ब्राजिलभन्दा धेरै छ। हिजो भारतमा ६५ हजार ६०९ संक्रमित थपिँदा अमेरिका र ब्राजिलमा क्रमशः ६० हजार ६६ र ४९ हजार २७४ जना थपिएका छन्।

त्यसको अघिल्लो दिन २९ साउमा भारतमा ६४ हजार १४२ जना संक्रमित थपिएका थिए। भारतमा जम्मा संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको छ। भारतमा अहिलेसम्म कोभिड–१९ बाट ४९ हजार १३४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १८ लाख ७ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६८ हजार ५३२ सक्रिय संक्रमित छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*