मानव अधिकार आयोगले भन्यो– ‘विदेशमा नेपाली श्रमिक जोखिममा छन्, तत्काल संरक्षण गर’

जनपत्र
३० श्रावण २०७७, शुक्रबार ०६:०९

राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारका सिलसिलामा विभिन्न मुलुक पुगेका नेपाली श्रमिक कोरोना संक्रमण फैलिएका बेला चौतर्फी जोखिममा परेको भन्दै उनीहरुको सुरक्षा र संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगले बिहीबार ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरूको मानव अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपाली श्रमिक पुगेका मुलुकमा कोरोना महामारीकै बेला एकतर्फी करार भङ्ग गर्ने, कामबाट निष्कासन गर्ने, बेतलबी विदामा बस्न बाध्य पार्ने, पूरा तलवरसुविधा र भुक्तानी नदिने, जबर्जस्ती श्रममा लगाउने तथा जोखिमयुक्त अवस्थामा काम गराउने जस्ता क्रियाकलाप समेत भइरहेको उल्लेख गरेको छ। यस्तो अवस्थाबाट नेपाली श्रमिकलाई संरक्षण गर्न तत्काल आवश्यक एवं प्रभावकारी कदम चाल्न आयोगले सरकारलाई सिफारिस गरेको छ।

“गन्तव्य देशमा कोरोना संक्रमित लगायत अन्य कारणले रोजगारी गुमाएका नेपाली श्रमिकहरूले स्वेच्छाले रोजगारीलाई निरन्तरता दिन चाहेमा उनीहरूको स्वास्थ्य र श्रम अधिकारका मामलामा कुनै जोखिम नहुने गरी सो को लागि आवश्यक सहजीकरण गर्न सिफारिस गर्दछौं”, आयोगले भनेको छ। त्यसैगरी कोरोना संक्रमित, कोभिड–१९ परीक्षण हुन नसकेका, उपचार नपाएकारनभएका, अभिलेखवद्ध वा अभिलेखमा नपरेका आप्रवासी नेपाली श्रमिकहरूको विवरण अविलम्ब संकलन गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

“नेपाल सरकारले विभेदरहित तवरबाट निःशुल्क तथा आवश्यकतानुसार उच्चतमस्तरको स्वास्थ्य उपचारको व्यवस्था गर्ने”, आयोगको सिफारिसमा उल्लेख छ, “हाल विभिन्न गन्तव्य देशमा रहेका नेपाली श्रमिकहरूलाई कोभिड–१९ संक्रमणबाट संरक्षण गर्न सम्बन्धित गन्तव्य देशका सरकार र रोजगारदातालाई जिम्मेवार बनाउन प्रभावकारी कुटनीति पहल गर्ने।”

आवश्यकतानुसार कुटनीतिक पहल समेत गरी नेपाल फर्किने नेपाली श्रमिकहरूको पीसीआर जाँच गरेर मात्र स्वदेश फर्कने व्यवस्था गर्ने सुनिश्चित गर्नेस प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष अनूप राज शर्माले मध्यपूर्वको मुलुक लेबनानमा रहेका नेपाली श्रमिकहरुको अवस्थाको अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै आयोगले अध्ययन गर्ने बताए। हिमालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*